सातवटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सातवटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय


१२ असार २०८०, मंगलबार


काठमाडौँ । सरकारले देशका विभिन्न स्थानमा सातवटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरवारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कालिकोटसहित विभिन्न ठाउँमा सातवटा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यका रूपमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस