प्रधानमन्त्रीको ‘निजी सचिव’मा सहसचिव भण्डारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीको ‘निजी सचिव’मा सहसचिव भण्डारी 


१२ असार २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव अर्जुन भण्डारी नियुक्त भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका सहसचिव भण्डारीलाई मङ्गलवार(आज)कार्यालयले निजी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्रीका निजी सचिव ढुङ्गाना राजश्व अनुसन्धान विभागको महानिर्देशक भई गएसँगै रिक्त निजी सचिवमा भण्डारी नियुक्त भएका हुन् ।

सम्बन्धित समाचार : राजस्व अनुसन्धान विभागको महानिर्देशकमा ढुङ्गाना, कार्यालय तानिए नासा

उपसचिव रहँदा रसुवाको प्रमुख जिल्ला अधिकारी रहीसकेका भण्डारी सहसचिव भएपछि पहिलो पोष्टिङका रूपमा केही महिना अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आएका थिए । उनी सिडिओ रहँदा गृह मन्त्रालयको मूल्याङ्कनमा उत्कृष्ट तीनमा परेका थिए ।  

भण्डारीले सम्भवतः भोलीबाट जिम्मेवारी सम्हाल्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस