राजस्व अनुसन्धान विभागको महानिर्देशकमा ढुङ्गाना, कार्यालय तानिए नासा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा ढुङ्गाना, कार्यालय तानिए नासा


१२ असार २०८०, मंगलबार


काठमाडौँ । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुङ्गाना नियुक्त भएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलवार प्रधानमन्त्रीका निजी सचिव ढुङ्गानालाई विभागको महानिर्देशकमा नियुक्त गर्दै त्यहाँका महानिर्देशक नारायण प्रसाद सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएको छ । 

ढुङ्गाना महानिर्देशक भई गएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अर्जुन भण्डारी प्रधानमन्त्रीको निजी सचिवमा नियुक्त भएका छन् । नव नियुक्त महानिर्देशक ढुङ्गाना र प्रधानमन्त्रीका निजी सचिव भण्डारीले भोलि पद बहाली गर्ने तयारी छ ।

ढुंगाना पुस १९ गते मात्रै प्रधानमन्त्रीको निजी सचिवमा नियुक्त भएका थिए । उपसचिव बस्दै आएको प्रधानमन्त्रीको निजी सचिवालय प्रभावकारी बनाउन भन्दै सहसचिवलाई राखिएको थियो ।

सम्बन्धित समाचार : प्रधानमन्त्रीको ‘निजी सचिव’मा सहसचिव ढुङ्गाना 

सापकोटा माघ तेस्रो साता मात्रै विभागको महानिर्देशक भई गएका थिए ।

सम्बन्धित समाचार : राजस्व अनुसन्धानको महानिर्देशकमा सापकोटा

२३ महिनामा पाँचौँ महानिर्देशकका रुपमा पठाउँदा तेस्रो महानिर्देशक झलकराम अधिकारी पाँच र चौथा महानिर्देशक मदन दाहाल तीन महिनामै फेरिएका थिए । पछिल्लो समय असली कमाउ अड्डाका रुपमा लिइन्छ विभागलाई ।

Tags :
प्रतिक्रिया दिनुहोस