३४८ वटा कानुन र ३१७ वटा नियमावली कार्यान्वयनमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

३४८ वटा कानुन र ३१७ वटा नियमावली कार्यान्वयनमा


१२ असार २०८०, मंगलबार


काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले हाल मुलुकमा ३४८ वटा संघीय कानुन कार्यान्वयनमा आएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले ३४८ वटा कानुन र ३१७ वटा नियमावली रहेको बताएका हुन् ।

मन्त्री गुरुङले शान्ति प्रक्रियाको कामलाई छिटोभन्दा छिटो टुङ्ग्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा छलफल क्रममा रहेको पनि जानकारी गराएका छन् ।

‘उक्त विधेयक छिटो पारित भएमा शान्ति प्रक्रिया अन्तिम चरणलाई टुङ्ग्याउन सकिनेछ । शान्ति प्रक्रियालाई टुङ्ग्याइ लामो समयदेखि न्यायको प्रतिक्षमा रहेका द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको ब्यहोरा अनुरोध गर्न चाहन्छु’, मन्त्री गुरुङले जवाफ दिने क्रममा भने, ‘शान्ति प्रक्रियाका लागि ३१ करोड ४४ लाख बजेट छुट्याएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस