दक्षिणपश्चिम चीनमा पहिरोमा परी सात जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दक्षिणपश्चिम चीनमा पहिरोमा परी सात जनाको मृत्यु


१२ असार २०८०, मंगलबार


चेङ्दु । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरो जाँदा सात जनाको मृत्यु भएको छ ।

छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ।

मङ्गलबार बिहान १०.३२ बजेसम्म पहिरोबाट प्रभावित ९०० भन्दा बढीलाई स्थानान्तरण गरिएको थियो । चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस