बजेटका पक्षमा मतदान गर्न कांग्रेसको ह्विप « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बजेटका पक्षमा मतदान गर्न कांग्रेसको ह्विप


१२ असार २०८०, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरेका हुन् ।

बुधबार ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ । बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

यद्यपि, सत्तारुढ दलका शीर्ष नेताहरूबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने विषयमा सहमति भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस