मुख्यमन्त्री कार्कीको विश्वास मत प्रस्ताव फेल गराउने निर्णय « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मुख्यमन्त्री कार्कीको विश्वास मत प्रस्ताव फेल गराउने निर्णय


११ असार २०८०, सोमबार


काठमाडौँ । विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्रयोजनका लागि प्रदेश सभामा पेस गर्ने प्रस्ताव ‘फेल’ गराउने निर्णय गरेका छन् ।

असार १४ गते विशेष अधिवेशन आह्वान गर्न सिफारिस भएसँगै रणनीति बनाउन सोमबार बसेको गठबन्धन दलहरूको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावलाई ‘फेल’ गराउने निर्णय गरेको हो ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का कोसी प्रदेश संसदीय दलका नेता, प्रमुख सचेतक, सांसद तथा पार्टी नेतृत्वको संयुक्त बैठक बसेको हो ।

बैठकमा सहभागी नेपाली काँग्रेसका एक प्रदेश सभा सदस्यका अनुसार मुख्यमन्त्रीले ल्याउने विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने र गठबन्धन दलबाटै नयाँ सरकार गठनको प्रक्रिया थाल्ने गर्ने निर्णय भएको छ ।

सरकारको नेतृत्वबारे छलफल भएको छैन । तर, जसले लिए पनि विवाद नरहेको उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस