आफ्नो विवरण राख्न सबै अस्पताललाई निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आफ्नो विवरण राख्न सबै अस्पताललाई निर्देशन


११ असार २०८०, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी स्वास्थ्य संस्थामा १० प्रतिशत शय्या गरिब तथा विपन्न नागरिकलाई उपलब्ध गराउनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरेको दाबी गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री बस्नेतले गरिबीको परिचय पत्रको आधारमा १० प्रतिशत सेवा गरिब तथा विपन्नलाई दिनुपर्ने मापदण्ड रहेको समेत बताएका छन्।

मन्त्री बस्नेतले ठुला अस्पतालमा पाइने सेवा तथा अन्य विवरण हरेक अस्पतालले डिजिटल रूपमा सार्वजनिक गर्नुपर्ने तथा अस्पतालमा हुने टिकटलाई अनलाइनबाट दिने प्रावधानसमेत कडाइका लागू गर्न लागेको बताएका छन्।

‘कुन अस्पतालले के के सेवा उपलब्ध गराउन सक्ने हो‚ बेड कति छ भन्ने विषयलाई हरेक सरकारी अस्पताललाई आफ्नो अस्पतालको विवरण सार्वजनिक रूपमा राख्न निर्देशन दिएर लागू गरेका छौँ। यसले बिरामीले अस्पतालमा बेड नपाउने समस्याबाट मुक्त हुनुहुन्छ‚ ’मन्त्री बस्नेतले भने।

Tags :
प्रतिक्रिया दिनुहोस