नेपाल टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने


११ असार २०८०, सोमबार


नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरू उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्ररुपमा गरिरहेको छ । यसका बाबजुद अझै पनि ग्राहकको माग बमोजिम केही स्थानमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी रहेको टेलिकमले जनाएको छ ।

सेवाग्राहीको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ ९१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात् फेरि १ डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधितर्फ आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।

भोलि सोमबारदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने टेलिकमले जनाएको छ । ती स्थानहरूमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ ।

नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने पनि टेलिकमले जनाएको छ । एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस