संशोधन गर्न नमिल्ने बजेटमाथिको छलफल नाटक मात्रै : चित्रबहादुर केसी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संशोधन गर्न नमिल्ने बजेटमाथिको छलफल नाटक मात्रै : चित्रबहादुर केसी


१० असार २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बजेटमा भेदभाव गरिएकाले पास हुन नसक्ने दाबी गरेका छन्। 

आइतबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सिद्धान्ततः बजेट संशोधन गर्न नमिल्ने भएकाले बजेटमाथिको छलफल जनता भुलाउने काम मात्रै भएको बताए।

‘सिद्धान्ततः कुरा गर्ने हो भने बजेट संशोधन गर्न मिल्दैन। तर नेपालमा जे पनि गर्न मिल्छ। बजेटमाथिको छलफल नाटक मात्रै हो, औचित्य छैन। यो समय बिताउने मात्रै हो। नेपालमा आफूलाई चाहिएको जे पनि संशोधन गर्छन्, जनतालाई देशलाई चाहिए नियम र सिद्धान्तको कुरा गर्छन् । खर्च कटौती गरी रुपैयाँ कायम गर्ने कुरा बेकारको कुरा हो,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस