गौतमबुद्ध क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने प्रक्रिया अघि बढिसक्यो : खेलकुदमन्त्री लिम्बु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गौतमबुद्ध क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने प्रक्रिया अघि बढिसक्यो : खेलकुदमन्त्री लिम्बु


१० असार २०८०, आइतबार


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सरकारले स्वामित्व ग्रहण गर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बुले धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण शुरु गरेको क्रिकेट रङ्गशालाको सरकारले स्वामित्व ग्रहण गर्ने बताएका हुन्। उनका अनुसार स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

‘धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण प्रक्रिया अगाडी बढाएको यो रङ्गशालाको निर्माण कार्य अधुरो छ। अत्यन्त जटिल समस्याग्रस्त छ। यो विषयमा सरकारले सम्बोधन गर्ने र यसको स्वामित्व ग्रहण गरेर बाँकी काम सम्पन्न गर्नेगरी प्रक्रिया अगाडी बढिरहेको छ । यसको निमित्त हामीले एक लाख मात्रै विनियोजन गरेका छौँ,’ उनले भने, ‘सरकारले यो स्वामित्व ग्रहण गर्ने र त्यसपछि थप बजेट व्यवस्थापन गरेर यो रङ्गशालालाई सम्पन्न गर्नेगरी प्रक्रिया अगाडी बढिरहेको कुरा म अनुरोध गर्न चाहन्छु।’

मन्त्री लिम्बुले खेलकुद बीमाको नीति तयार गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै खेलकुद गतिविधि सञ्चालन गर्न १०० वटा खेलकुद सङ्घहरूलाई २ लाख ५० हजारका दरले अनुदान दिनेगरी बजेट व्यवस्थापन गरिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस