गर्भवतीलाई गाउँमै नि:शुल्क स्वास्थ्य सेवा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गर्भवतीलाई गाउँमै नि:शुल्क स्वास्थ्य सेवा


९ असार २०८०, शनिबार


सिमकोट । हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।

गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिए । चारवटा स्वास्थ्यचौकी मार्फत उक्त सेवा प्रदान गरिँदै आएको छ ।

मैला स्वास्थ्यचौकी, गोठेलबाडा सामुदायिक स्वास्थ्य एकाइ, मदना स्वास्थ्यचौकी र भैसामाफ सामुदायिक स्वास्थ्य एकाइमा ६८ गर्भवतीको स्वास्थ्य जाँच गरिएको संयोजक ढकालले बताए ।

यसअघि स्वास्थ्य सेवा लिन अधिकांस गर्भवती सदरमुकाम सिमकोट र छिमेकी जिल्ला बाजुरा अस्पताल जाने गरेका थिए ।’गाउँकै स्वास्थ्य संस्थाबाट सेवा दिन थालेका छौँ’, उनले भने ।

ताँकोट–१ देखि वडा नम्बर पाँचसम्मका सम्पूर्ण गर्भवती तथा शिशुको अवस्था थाहा पाउन नियमित जाँच गर्ने गरिएको छ । उक्त सेवा प्रभावकारी भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । दुर्गम गाउँमा स्वास्थ्य शिविरसमेत समय समयमा सञ्चालन गर्दै आएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस