राष्ट्रिय समन्वय परिषद्को बैठक बोलाउने तयारी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय समन्वय परिषद्को बैठक बोलाउने तयारी


८ असार २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समन्वय परिषद्को बैठक बोलाउने तयारी गरेका छन् । सोही तयारी अनुसार प्रधानमन्त्री प्रचण्डले परिषद्को सदस्यमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानालाई मनोनीत गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार स्थानीय तह, प्रदेश र सङ्घको संयुक्त बैठकको रूपमा परिषद्को बैठक बोलाउने तयारी प्रधानमन्त्री प्रचण्डले थालेका हुन् ।

अन्तर सरकार समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ राजपत्रमा प्रकाशित भएर लागू भएको ३ वर्ष पुगिसकेको छ । तर ऐन अनुसार अहिलेसम्म परिषद्को बोर्ड गठन र बैठक समेत बस्न सकेको छैन । उक्त ऐनमा राष्ट्रिय समन्वय परिषद्को बैठक प्रधानमन्त्रीको अध्यक्षतामा वर्षमा कम्तीमा एक पटक बस्ने उल्लेख छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ऐन जारी हुनुअघि राष्ट्रिय समन्वय परिषद्को बैठक दुई पटक राखे पनि ऐन जारी भएपछि एउटा पनि बैठक बसेको छैन ।

राष्ट्रिय समन्वय परिषद्को सदस्यमा अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, गृहमन्त्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, प्रदेश सरकारका मुख्य मन्त्रीहरू, प्रतिनिधि सभाको विपक्षी दलको नेता वा प्रतिनिधि रहने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस