दोस्रो विवाह गर्न खोज्ने बेहुला विवाह मण्डपबाटै पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दोस्रो विवाह गर्न खोज्ने बेहुला विवाह मण्डपबाटै पक्राउ


८ असार २०८०, शुक्रबार


पक्राउ

दमक । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले बिहीबार झापाको गौरा दहबाट नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाह मण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस