गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु


८ असार २०८०, शुक्रबार


काठमाडौँ । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

सहिद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्किँदै गरेको ०१–०२३च ४४ २७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार घटना लगत्तै जिल्लाबाट डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो ।

अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । मृतकको पहिचान खुल्न नसकेको डिएसपी लामिछानेले बताए । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस