काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
९ फागुन २०४८मा सरकारी सेवामा प्रवेश गरेका उनले ९ जेठ २०७९ मा अवकाश पाएका थिए। यो अवधिमा उनले घर निर्माण, जग्गा खरिददेखि छोरीहरू विदेश पठाउँदाको खर्च, शेयर सबै गर्दा ३ करोड १३ लाख ९८ हजार ५९४ रुपैयाँ नब्बे पैसा खर्च तथा लगानी गरेको अख्तियारको ठहर छ।
जबकि उनको वैद्य आम्दानी १ करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा मात्र भएको अख्तियारले बताएको छ। यादवले १ करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ ४१ सम्पत्ति गैरकानूनी आर्जन गरेको अख्तियारको दाबी छ।
गैरकानूनी रूपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती मंजुदेवी यादवको नाममा घरजग्गा, शेयर खरिद गरेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको छ।