प्रधानमन्त्री प्रचण्ड र चन्दबीच भेटवार्ता « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

प्रधानमन्त्री प्रचण्ड र चन्दबीच भेटवार्ता


७ असार २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

चन्दले बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता  गरेका हुन्  ।

उनीहरुबीच समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । साथै दुई नेताबीच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल भएको बताइएको छ ।

विप्लवसहित माओवादी केन्द्र जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा गठन भएपछि नेपालको राजनीति तरङ्गित बन्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस