नेपाल-चीन सीमा चिह्न पुनः स्थापनाका लागि सरकारले बनायो टोली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपाल-चीन सीमा चिह्न पुनः स्थापनाका लागि सरकारले बनायो टोली


५ असार २०८०, मंगलबार


काठमाडौँ । सरकारले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिह्न पुनःस्थापनाका लागि अध्ययन टोली गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोस्थित सीमा चिह्न स्तम्भ ५३ (१) लाई यथास्थानमा संयुक्त रूपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले धुर्मुस सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय गरेको उनले बताइन् ।

बैठकमा पूर्वी क्षेत्रमा बाढी र पहिरोपछि बेपत्ताको खोजी, राहत र पुनः स्थापनाको कामलाई प्रभावकारी ढङ्गले अघि बढाउने विषयमा छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस