काठमाडौँ महानगरका ४६५ विद्यालयले बुझाए विवरण, १३ हजार विद्यार्थीले पाए छात्रवृत्ति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ महानगरका ४६५ विद्यालयले बुझाए विवरण, १३ हजार विद्यार्थीले पाए छात्रवृत्ति


५ असार २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका ४६५ विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छन् ।

५०४ मध्ये ४६५ निजी विद्यालयले छात्रवृत्ति विवरण बुझाएको महानगरका मेयर बालेन्द्र साह (बालेन)ले जानकारी दिए। उनले महानगरको इतिहासमा यो पहिलो पटक भएको पनि बताएका छन् ।

विवरणअनुसार लक्षित वर्गका १३ हजार भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् । प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने साहले बताए।

हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने बताइएको छ। त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस