भारतीय प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतीय प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान


५ असार २०८०, मंगलबार


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो ऐतिहासिक राजकीय भ्रमणका लागि मङ्गलवार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । 

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, ‘अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क सहर र वाशिङ्गटन डीसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु । ती कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने लगायतका छन् ।’

‘प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भ्रमणको निमन्त्रणा दिनु भएको हो । भ्रमण न्युयोर्कमा सुरु हुनेछ जहाँ प्रधानमन्त्रीले जुन २१ मा संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेहुनेछ ।’

प्रधानमन्त्री मोदी त्यसपछि वाशिङ्गटन डिसी प्रस्थान गर्नेछन् । जहाँ उनले जुन २२ मा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नेछन् । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा रात्रि भोजको आयोजना गर्नेछन् । 

प्रधानमन्त्री मोदी जुन २२ मा अमेरिकी काँग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस