पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदमा २ जना सदस्य नियुक्त « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदमा २ जना सदस्य नियुक्त


५ असार २०८०, मंगलबार


काठमाडौँ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त भएका छन् ।

कोष सञ्चालक परिषद्को सदस्यसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पराजुली र ढकाललाई सदस्यमा नियुक्त गरेको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए ।

कोष सञ्चालक परिषद्को सदस्य मन्त्री अर्थात् परिषद् अध्यक्ष स्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ मा गरिएको छ ।

ऐनको दफा ८ को उपदफा २ अनुसार संस्कृति विज्ञ एवम् धार्मिक पर्यटन विज्ञमध्येबाट बढीमा सात जना सदस्य कोष सञ्चालक परिषद्मा नियुक्त गर्ने व्यवस्था छ ।

परिषद्मा राष्ट्रिय योजना आयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथका मूल भट्ट, संस्कृति, गृह, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौँ महानगरपालिकाका प्रमुख र गुठी संस्थानका अध्यक्ष वा प्रशासकमध्ये एक जना पदेन सदस्य रहने व्यवस्था पनि ऐनमा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस