विनियोजित बजेट खर्च भए विकासले गति लिने अर्थमन्त्रीको दाबी  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

विनियोजित बजेट खर्च भए विकासले गति लिने अर्थमन्त्रीको दाबी 


४ असार २०८०, सोमबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले खानेतेलसहित बजेटमा उल्लेखित कतिपय प्रावधानलाई पुनरावलोकन गर्न सकिने बताएका छन् ।

सोमबार विराटनगरमा मोरङ व्यापार सङ्घको ६६औँ साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री महतले बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा आफूले निरपेक्ष भाव राखेको तथा कसैलाई पक्ष वा विपक्ष नगरेको बताए । उनले भने, “त्रुटि भए पनि होलान्, तर तिनलाई समयसापेक्ष करेक्सन गर्न सकिन्छ ।”

अर्थमन्त्रीले कच्चा तेलको आयात महसुलमा संरक्षणको तह हेर्दै फेरि निर्णय गर्न सकिने पनि बताए । आयात महसुल छुटका कारण तेलका उद्योगले एक प्रतिशत भन्सार महसुल तिरेर कच्चा तेलको आयात गर्ने गरेका थिए । गत जेठ १५ को बजेट अगाडिसम्म कच्चा तेलको आयात महसुल १० प्रतिशतमा ९० प्रतिशत छुट गरिएको थियो । यो छुट बजेटमा उल्लेख गरिएको छैन । यसबाट खाने तेल सङ्कटमा परेको उद्योगीको जिकिर छ ।

नेपालमा उद्योगको लागत वृद्धि भएर तेल महँगो हुँदा भारतीय सस्तो तेल तस्करीबाट भित्रिरहेको उद्योगीको दाबी छ । यसबारे अर्थमन्त्रीले भारतमा महसुल दर परिवर्तन भएकोले नेपालमा समस्या भएको बताउँदै भने, “पहिलेको सरकारले एक विशिष्ट परिस्थितिमा छुट दिने गरेको रहेछ । हामी पनि अहिलेको दरले ल्याएको परिणाम र प्रोटेक्सनको लेभल हेरेर फेरि निर्णय गर्न सक्छौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस