व्यक्तिगत फाइदा नेहेरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

व्यक्तिगत फाइदा नेहेरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन


४ असार २०८०, सोमबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेवाग्राही माझ सहज रूपमा प्रस्तुत हुन कर्मचारीलाई निर्देशन दिएका छन् । अर्थमन्त्री डा. महतले व्यक्तिगत फाइदा नहेरी काम गर्न आन्तरिक राजस्वका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

सोमबार विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दे अर्थमन्त्रीले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिए ।

अहिले बजेटले करका दायरा फराकिलो बनाएको भन्दै उनले सेवाग्राहीलाई यसबारे राम्रोसँग बुझाउन निर्देशन दिए । मूल्य अभिवृद्धि कर राजस्वको महत्त्वपूर्ण पक्ष भएको भन्दै अर्थमन्त्रीले तरकारी र फलफूलको आयातमा मात्र कर लाग्ने बताए ।

उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस