बजेट बनाउँदा दबाब, धम्की र बार्गेनिङ भयो : अर्थमन्त्री सिंह « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बजेट बनाउँदा दबाब, धम्की र बार्गेनिङ भयो : अर्थमन्त्री सिंह


३ असार २०८०, आइतबार


काठमाडौँ । कर्णालीका अर्थमन्त्री बेदराज सिंहले बजेट निर्माणका बेला चौतर्फी दबाब खेप्नुपरेको बताएका छन् ।

असार १ गते प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८०-८१ को बजेटबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री सिंहले बजेट तर्जुमाको बेला बिचौलियाहरूले धम्की, दबाब र बार्गेनिङ गरेको बताएका हुन् ।

‘बजेट निर्माणका बेला थुप्रै धम्की, दबाब र बार्गेनिङको प्रयास भयो । हामीले कलरेकर्ड सुरक्षित राखेका छौं । समय आयपछि प्रमाणहरू सार्वजनिक गर्छौँ’, अर्थमन्त्री सिंहले भने, ‘कुनैपनि दबाब र प्रभावमा नपरी बजेट ल्याएका छौं ।’

अर्थमन्त्री सिंहले बजेट निर्माणका क्रममा आफ्ना योजना समावेश गर्न सरकारी अधिकारीले नै बार्गेनिङ गरेको बताए । उनले प्रदेश योजना आयोगका मान्छेहरूबाट पनि बजेट निर्माणका बेला दबाब र बार्गेनिङ भएको आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस