प्रधानमन्त्रीलाई दबाब दिन मुख्यमन्त्रीहरूको क्लब बनाऔँ : गुरुङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीलाई दबाब दिन मुख्यमन्त्रीहरूको क्लब बनाऔँ : गुरुङ


३ असार २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरूको क्लब निर्माण गर्नुपर्ने बताएका छन्।

आईतवार गाउँपालिका राष्ट्रिय महासङ्घले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सातै प्रदेशका मुख्यमन्त्रीहरूले आफ्नो अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीलाई दबाब दिन एउटा क्लब बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। सबै प्रदेशका मुख्यमन्त्री भइसकेपछि फरक पार्टीका हुने र त्यसले प्रधानमन्त्रीलाई प्रदेशका अधिकार काट्नबाट दबाब सिर्जना हुने उनको तर्क छ। उनले सांसदहरुले मनपरी खर्च गर्ने, आर्थिक नियमावली पालना नगर्ने भन्ने आरोपहरू लाग्ने गरेको भन्दै त्यसमा पनि चनाखो हुन आवश्यक रहेको जिकिर गरे।

उनले भने, ‘सांसदहरुले मनपरी खर्च गर्छ, आर्थिक नियमावली पालना गर्दैनन्, धेरै बेरुजु त्यहीँ देखिन्छ भन्ने गरी गाली गर्दछन्, त्यसैले हामीले आफूलाई पनि ठिक ढङ्गबाट चलाउनुपर्छ। कमसेकम मुख्यमन्त्रीहरू माथि मन्त्री हुने स्तरका नराख्ने र पार्टीबाट निकालेर दिँदा व्यवस्था बदनाम हुन्छ। हामीले जनताको सेवा पूरा गर्न सकेका छैनौँ। यो बजेटप्रति गाउँपालिका, नेपाल नगरपालिका सङ्घको गम्भीर असहमति छ।

मुख्यमन्त्रीहरूको एउटा सङ्घ बनाएर प्रधानमन्त्रीलाई आफ्नो अधिकारको लागि दबाब दिनुपर्छ। केन्द्र सरकार संघीयताबिरुद्ध लागिरहेको छ भने मुख्यमन्त्रीको क्लबले दबाब दिनुपर्छ।’

उपमहासचिव गुरुङले सांसदहरुले आफूलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस