‘बजेटले सङ्घीयताको मर्मलाई बुझ्न सकेन’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘बजेटले सङ्घीयताको मर्मलाई बुझ्न सकेन’


३ असार २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले सङ्घीयताको मर्मलाई बुझ्न नसकेको बताएका छन् । आइतबार गाउँपालिका राष्ट्रिय महासङ्घले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आर्थिक रूपमा सङ्घीयताका बारेमा उल्लेख्य काम हुन नसकेको गुनासो गरे । केन्द्रले स्थानीय तहको अधिकार मिचेर सःसर्त अनुदान दिइएको उनले उल्लेख गरे ।

उनले कार्यविधि केन्द्रले बनाएर स्थानीय तहमा पठाउने कुरा गलत भएको बताए । “आर्थिक रूपमा सङ्घीयताको बारेमा उल्लेख्य काम भएको छैन । अहिलेको बजेटले सङ्घीयताको मर्मलाई बुझेन । जस्तो, सःसर्त अनुदानको कुरा छ, त्यो भनेको के हो रु त्यो भनेको केन्द्र हाबी भएको हो,” उनले भने, “केन्द्रले स्थानीय तहको अधिकार मिचेको हो । कार्यविधि केन्द्रले बनाएर तल पठाउने काम पनि गलत हो । सङ्घीयता व्यवस्थाविरुद्ध जसरी अहिले यो आवाज उठेको छ, सङ्घीयता खर्चालु भयोजस्तो गरेर । यो मिथ्या कुरा गरेर सङ्घीयतामाथि आरोप लगाइएको छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस