पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइयो  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइयो 


३ असार २०८०, आइतबार


काठमाडौँ । विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकमाथिको चलिरहेको छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।

प्रतिनिधि सभाको आज आइतबारको बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले शीर्षकमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै नियमापत्ति जनाएका थिए । सचेतक बर्तौलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरेले पर्यटनमन्त्री सुदन किराँतीलाई त्यसबारे स्पष्ट पार्न समय दिएका थिए । 

बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अङ्क सच्याइ प्रदेशको नाम राख्ने बताए । तर सचेतक बर्तौलाले त्यो विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढ्न नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको छलफलबाट पर्यटन मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस