घुससहित वडाध्यक्ष र कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

घुससहित वडाध्यक्ष र कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा 


१ असार २०८०, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगीलाई घुससहित नियन्त्रणमा लिएको छ । 

अख्तियार सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१३ का कार्यवाहक वडा अध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासीलाई शुक्रबार घुससहित पक्राउ गरेको हो । 

उनीहरूले कृषि अनुदानका लागि सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेका अख्तियारको ठहर छ।

कार्यवाहक वडा अध्यक्ष कवडिया र कार्यालय सहयोगी बृजवासीले सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस