टोपबहादुरको सांसद पद निलम्बन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

टोपबहादुरको सांसद पद निलम्बन


१ असार २०८०, शुक्रबार


काठमाडौँ। एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधि सभा सदस्य पद निलम्बित भएको छ।

फौजदारी अभियोगमा समातिएको सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । प्रतिनिधि सभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ ।

फौजदारी अभियोगमा थुना या फरार रहेमा सांसदले पाउँदै आएको सेवा सुविधा समेत रोकिने प्रावधान छ। 

Tags :
प्रतिक्रिया दिनुहोस