विद्यालय कर्मचारीका मागबारे छलफल गर्न वार्ता समिति गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विद्यालय कर्मचारीका मागबारे छलफल गर्न वार्ता समिति गठन


१ असार २०८०, शुक्रबार


काठमाडौँ। विद्यालय कर्मचारीको विषयमा छलफल गर्न वार्ता समिति गठन गरिएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा पाँच सदस्य वार्ता समिति बनाएको हो । तर, विद्यालय कर्मचारीहरूको छाता सङ्गठन विद्यालय कर्मचारी परिषद्ले भने यस पटक सहमतिमा मात्रै नमान्ने अडान लिँदै आएको छ।

बजेटले विद्यालय कर्मचारीहरूको माग सम्बोधन नगरेको भन्दै जेठ २० गतेदेखि आन्दोलन गरिरहेका उनीहरूले असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन्।

जेठ २७ गतेदेखि भद्रकालीमा रिले अनसन गरिरहेका विद्यालय कर्मचारीहरूलाई बिहीबार प्रहरीले हस्तक्षेप गर्दै पाँच जना पक्राउ गरेर साँझ छोडेको थियो।

उनीहरूले सहायक (लेखापाल)हरुका लागि ३६ हजार ७३० रुपैयाँ, विद्यालय सहयोगीहरूका लागि २६ हजार २१० रुपैयाँको तलब ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राख्दै आन्दोलनरत छन्।

Tags :
प्रतिक्रिया दिनुहोस