अब ३४ र ६६ पृष्ठका पासपोर्टको एउटै शुल्क कायम « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अब ३४ र ६६ पृष्ठका पासपोर्टको एउटै शुल्क कायम


१ असार २०८०, शुक्रबार


काठमाडौँ । सरकारले ३४ र ६६ पेजको पासपोर्टका लागि एउटै शुल्क कायम गरेको छ।

यसअघि ३४ पृष्ठको पासपोर्ट बनाउँदा १२ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा २० हजार रुपैयाँ शुल्क लिने गरिएकोमा अब एकरूपता कायम गर्न लागिएको हो।

आइतबारदेखि ३४ वा ६६ पेजको पासपोर्ट बनाउँदा शुल्कमा एकरूपता कायम हुने राहदानी विभागले जनाएको छ ।

विभागका अनुसार यस अघि दुईथरी शुल्क कायम भएकोमा अब एकरूपता कायम गरिएको हो। जिल्ला प्रशासन कार्यालयबाट ६६ पेजको पासपोर्ट बनाउँदा पाँच हजार शुल्क लाग्नेछ।

यसअघि ६६ पेजका लागि जिल्ला प्रशासनमा निवेदन दिँदा १० हजार लाग्ने गरेको थियो। अब आइतबारदेखि ६६ पेजको पासपोर्टको लागि जिल्ला प्रशासनबाट निवेदन दिँदा पाँच हजार मात्रै शुल्क तिर्नुपर्नेछ।

यसबाहेक इमर्जेन्सीको हकमा केन्द्रमै आएर पासपोर्ट बनाउँदा १२ हजार शुल्क तिर्नुपर्नेछ। राहदानी नियमावली २०७७ को अनुसूची ४ मा संशोधनपछि परराष्ट्र मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस