प्रस्तावित प्रधानन्यायाधीश कार्कीको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन


१ असार २०८०, शुक्रबार


काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

संवैधानिक परिषद्को सिफारिसलाई आजको संसदीय सुनुवाइ समिति बैठकले सर्वसम्मत अनुमोदन गरेसँगै कार्कीको प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ ।

गत वैशाख २५ गते संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले कार्कीविरुद्धको उजुरीउपर सुनुवाइपश्चात् आज उनीसँग सवाल जवाफ गरेको थियो । समितिको अनुमोदनपश्चात् राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक प्रावधान छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाभियोग लागेर निलम्बनकै अवस्थामा अवकाश पाएपछि कार्कीले विगत ८ महिनादेखि कायम मुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस