२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तरपालिका भलिबलको उपाधि अन्नपूर्णलाई

अ+ अ-

गण्डकी । कास्की जिल्ला अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा बिहीबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ्रे गाउँपालिकालाई ३–१ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो ।

फाइनल खेल पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको हो । उपाधिसँगै अन्नपूर्णले रु ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता माछापुच्छ्रेले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यसैगरी रूपा गाउँपालिका ‘बी’लाई ३–० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको टोली तेस्रो भयो । महानगरको टोलीले रु ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

पोखरा महानगरपालिका भलिबल सङ्घको व्यवस्थापन तथा कास्की जिल्ला भलिबल सङ्घको सहयोगमा प्रतियोगिता आयोजना गरिएको उक्त प्रतियोगितामा अन्नपूर्णका सचिन नेपाली सर्वोत्कृष्ट खेलाडी, माछापुच्छ्रेका समीर गुरुङ उत्कृष्ट डिफेन्डर, पोखरा महानगरपालिकाका विजय परियार उत्कृष्ट स्पाइकर तथा अन्नपूर्णका हरिचन्द्र सुनार उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । प्रतियोगितामा पोखरा महानगरपालिका, अन्नपूर्ण, मादी र रूपा गाउँपालिकाका दुई/दुई तथा माछापुच्छ्रेको एउटा टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस