सतर्कताद्वारा सिंहदरवारमा छड्के « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सतर्कताद्वारा सिंहदरवारमा छड्के


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारमा छड्के चेक गरेको छ ।

बिहीबार बिहान सतर्कता केन्द्रले सिंहदरवारका कर्मचारीहरूमाथि छड्के गरेको हो ।

कर्मचारीहरू हाजिर गरेर निस्कने गुनासो आएपछि केन्द्रले सिंहदरवारको दक्षिण गेटमा बसेर चेकजाँच गरेको हो ।

सतर्कता केन्द्रले सिंहदरवारबाट बाहिरिने कर्मचारीहरूको परिचय पत्र हेर्दै उनीहरूको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेतको विवरण टिपोट गरेर लगेको छ ।

कर्मचारीहरू हाजिर गरेर व्यक्तिगत कामका लागि दिनभर हराउने तथा बेलुका कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासोपछि केन्द्रले बिहान छड्के चेक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस