रघुजी पन्तको प्रश्न : सरकारको दृष्टिकोण हिन्दु राष्ट्रलाई प्रोत्साहन दिने हो ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रघुजी पन्तको प्रश्न : सरकारको दृष्टिकोण हिन्दु राष्ट्रलाई प्रोत्साहन दिने हो ?


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले भारतका लागि नेपालका राजदूत डा. शङ्कर शर्माको अभिव्यक्तिमाथि प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यही जेठ २९ गते कान्तिपुर दैनिकमा दिएको अन्तर्वार्तामा राजदूत शर्माले उठाएको विषयले नेपालको परराष्ट्रनीतिबारे आशङ्का व्यक्त गरे ।

उक्त अन्तर्वार्तामा हिन्दु राष्ट्रको वकालत गरिएको उनले आरोप लगाए । धर्मनिरपेक्षताको नेपालको नीतिमा प्रश्न खडा गरेको पन्तको भनाइ छ ।

बीआरआईबारे सोच्नुपर्छ भनेकामा पनि उनले आपत्ति जनाए । ईपीजी प्रतिवेदनबारे सरकारले संसद्लाई स्पष्ट जवाफ दिन उनले माग गरे ।

उनले भने, ‘के सरकारको दृष्टिकोण हिन्दु राष्ट्रलाई प्रोत्साहन दिने हो ? धर्मनिरपेक्षताबारे नेपाल सरकारको दृष्टिकोण के हो ? यो संसद्लाई स्पष्ट पारियोस् । के नेपाल हिन्दु राष्ट्र भए मात्रै दुई देशको सम्बन्ध राम्रो हुने हो ? त्यसो हो भने २०४६ सालमा किन नाकाबन्दी लगाएको हो ?’

Tags :
प्रतिक्रिया दिनुहोस