प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग शुक्रबार सवाल-जवाफ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग शुक्रबार सवाल-जवाफ


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग भोलि (शुक्रबार) संसदीय सुनुवाइ समितिले सवाल-जवाफ गर्ने भएको छ ।

शुक्रबारको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानन्यायाधीशमा सिफारिस कार्कीले जवाफ दिने कार्यसूची रहेको छ ।

समितिमा आजदेखि सुरु भएको सुनुवाइमा कार्कीले आफ्नो कार्य योजना र योग्यता प्रस्तुत गरेका छन्। उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका छन्।

गोला प्रथा लागु भएपछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको दाबी गरेका छन्।

उनीमाथिको सुनुवाइ शुक्रबार बिहान फेरि ८ बजेदेखि सुरु हुनेछ।

सम्बन्धित समाचार : ‘गोला प्रणालीपछि अदालतमा ६० प्रतिशत न्यायिक विचलन घट्यो’

Tags :
प्रतिक्रिया दिनुहोस