‘गोला प्रणालीपछि अदालतमा ६० प्रतिशत न्यायिक विचलन घट्यो’ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

‘गोला प्रणालीपछि अदालतमा ६० प्रतिशत न्यायिक विचलन घट्यो’


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीले सर्वोच्च, उच्च र जिल्ला अदालतमा गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था सुरु गरेपछि न्याय निरूपणमा ६० प्रतिशत अनियमितता घटेको बताएका छन् ।

बिहीबार संसदीय समितिमा कार्कीले आफ्नो पक्ष राख्ने क्रममा तीनै तहको अदालतमा गोला प्रथाबाट पेसी तोक्दा न्याय निरूपणमा ६० प्रतिशत सुधार आएको बताए ।

‘देशभरिका कानून व्यवसायीसँग पनि सोध्ने गरेको छु । उहाँहरूले ६० प्रतिशतसम्म घटेको बताउनुभएको छ,’ उनले थपे, ’न्यायिक विचलनको विषयमा जुन कुरा सुन्नुभएको थियो आज त्यो अवस्था छ कि छैन ? भन्दा ६० प्रतिशत भन्दा बढीले घटेको छ भन्नुहुन्छ ।’उनले थपे ‘यसलाई गर्वको रूपमा लिन्छौं । कम्तिमा ६० प्रतिशत त घटाउन सकेका छौं । १०० प्रतिशत पु¥याउन सकिन्छ भन्ने लागेको छ,।’

उनले शीर्ष कानून व्यवसायीहरूसँग कुरा गर्दा न्यायिक निकायमा हुने विचलन ६० प्रतिशतले घटेको कुरा उनीहरूबाट आउने गरेको भन्दै उक्त कार्यले आफूलाई गर्व लागेको सुनाए ।

उनले भने ,हामीले अहिले गोलाप्रथा लागू गरेका छौं,जुन विकृति र विसंगति विहीन न्यायपालिकाको प्रतिवेदनमा त्यो कुरा उल्लेख गरेका छौं । पेसी तोक्ने र दिने कुरामा अलि अनियमितता भयो भन्ने गुनासो बढी आएको हुनाले त्यसलाई पारदर्शी ढंगले अब कसरी संञ्चालन गर्ने भन्ने सन्दर्भमा २०१३ मा भएको इस्तानबुल सम्मेलनले गरेको घोषणापत्रलाई आधार मानेर स्वचालित प्रणाली लागू गरेको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस