काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ सुरु भएको छ।
जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले कारबाही हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटमा मङ्गलवार (आज)सुनुवाइ सुरु भएको हो ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासमा उक्त रिटमाथि सुनुवाइ सुरु भएको छ ।
माओवादी सशस्त्र द्वन्द्वका क्रममा बाल सैनिकको प्रयोग गरिएको भन्दै तत्कालीन नेकपा माओवादीको नेतृत्वलाई कारबाहीको माग गर्दै पूर्व बाल सैनिक लेनिन विष्टले दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको हो ।