सेयर मूल्यमा युनिलिभरको रेकर्ड « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सेयर मूल्यमा युनिलिभरको रेकर्ड


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा युनिलिभर नेपालको सेयर मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

मङ्गलवार कम्पनीको मूल्यले नेप्सेमा सूचीकृत भएका कम्पनीहरू मध्येकै सबैभन्दा धेरै मूल्य कायम गर्दै यसअघिको आफ्नो रेकर्ड तोडेको हो ।

सोमबार प्रतिकित्ता ३४ हजार ३९९ रुपैयाँमा बन्द भएको कम्पनीको सेयर मूल्य मङ्गलवार बढेर ३७ हजार ८३८ सम्म पुगेको थियो । जुन नेप्सेमा सूचीकृत भएका कुनै पनि कम्पनीको अहिलेसम्मको उक्त मूल्य हो ।

यसअघि २०७३ मा कम्पनीको सेयर मूल्य ३६ हजार रुपैयाँ पुगेर बन्द भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस