२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रिकेटमा कर्णालीले जित्यो राष्ट्रिय स्तरको खेलमा प्रथम उपाधि

अ+ अ-

काठमाडौँ । शुक्रबार जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको महेन्द्र नारायण निधि टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले प्रथम स्थान हासिल गरेर इतिहास रच्न सफल भएको छ । 

शुक्रबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले पराजित गर्दै कर्णालीले उपाधि हात पारेको हो । कर्णालीले जितका लागि सुदूरपश्चिम प्रदेशलाई १४१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको सुदूरपश्चिम मात्र ८९ रनमा अल आउट भयो । 

कर्णालीका लागि युनिक विक्रम सिंहले सर्वाधिक ३ विकेट लिएका थिए । 

यसअघि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो भने कर्णालीका लागि ओपनर रविन्द्रजंग शाहीले २७ बलमा २१ रन बनाएका थिए । 

विगत पाँच वर्षदेखि नै राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको कर्णालीले हालसम्म कुनै स्थानमा आफूलाई उकाल्न सकेको थिएन । तर, पछिल्लो समय कर्णालीले खेलकुद क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगिरहेको छ । 

प्रतिक्रिया दिनुहोस