मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. साहको अन्त्येष्टि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. साहको अन्त्येष्टि


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर रामकेवल साहको अन्तिम दाहसंस्कार गरिएको छ । 

जनकपुरधामस्थित स्वर्गद्वारीमा डा। साहको पार्थिव शरीरको दाहसंस्कार गरिएको हो । 

जेठाछोरा धीरज साहले उनलाई दागबत्ती दिए । डा। साहको बिहीबार भारतको दिल्लीस्थित एनसिआरस्थित नारायण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 

लिभर क्यान्सरबाट पीडित साह दुई महिनादेखि भारतको दिल्लीमा उपचारार्थ थिए । शुक्रबार बिहान डा। साहको पार्थिव शरीर जनकपुरधाम ल्याएको हो । उनको शरीरमा प्रतिष्ठानको झण्डा ओढाएर सम्मान गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस