आधा दर्जन बढी सचिवको सरुवा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

आधा दर्जन बढी सचिवको सरुवा


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले आधा दर्जन बढी सचिवको सरुवा गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम, योजना आयोग,खानेपानी, उद्योगलगायत मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने श्रममा राष्ट्रिय योजना आयोगका सचिव केबल भण्डारीलाई पठाइएको छ । भण्डारीले पहिलो पटक मन्त्रालय पाउँदै छन् । 

सम्बन्धित समाचार : सचिव सरुवा पारदर्शी बनाउ 

सचिव भण्डारीको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (उद्योग)का सचिव तोयनारायण ज्ञवालीलाई पठाइएको छ । उद्योग भने तत्काललाई खाली राखिएको छ । 

यसैगरी खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यहाँका सचिव रामआधार साहलाई खानेपानीमा पठाइएको छ । 

यसबाहेक पनि थप केही सचिवको सरुवा हुन सक्ने जनाइएको छ । पछिल्लो समय सरुवालाई लिएर आलोचना हुँदै आएको छ । क्याडर र कामको आधारमा भन्दा मन्त्रीको चाह र केही इन्ट्रेस्ट ग्रुपको सेटिङमा सरुवा सुची बन्ने गरेको चर्चा सिंहदरवारमा छ । 

सचिव सरुवामा मुख्यसचिव र प्रधानमन्त्रीले मूल्याङ्कन गर्न नसक्दा काम गर्ने र नगर्ने बिचमा फरक छुट्याउन नसकिएको र यसले सरकारकै काम कामकारबाहीमा समेत असर पर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस