भक्तपुरमा १८ लाखभन्दा बढीका गरगहना र नगद चोरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भक्तपुरमा १८ लाखभन्दा बढीका गरगहना र नगद चोरी


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । भक्तपुरका दुई ठाउँमा बुधबार सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ। मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो।

चाँगुनारायण नगरपालिका-५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ करिब ११ लाख रुपैयाँ बराबरको सुनको विभिन्न गहना र नगद ३१ हजार चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने बबिता भट्टराईको डेराबाट सात लाख १२ हजार बराबरको सुनका गरगहना र नगद १६ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस