निरोज पौडेलले पाए युवा सङ्घको प्रवक्ताको जिम्मेवारी   « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

निरोज पौडेलले पाए युवा सङ्घको प्रवक्ताको जिम्मेवारी  


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले कार्यविभाजन गरेको छ। जसअनुसार युवा सङ्घको प्रवक्ताको जिम्मेवारी निरोज पौडेलले पाएका छन्।

यसैगरी उपाध्यक्षहरूलाई प्रदेशको उप्रेरक तोकिएको छ। जसअनुसार कोशीमा कृष्णहरि केसी, मधेशमा पुष्पराज श्रेष्ठ, बागमतीमा सिता सुबेदी, गण्डकीमा रमेश तिवारी, लुम्बिनीमा अमित लामा, सुपमा महाराज गुरुङ, कर्णालीमा प्रकाश गौतम रहेका छन्।

त्यसै गरी सङ्गठनका दैनिकी कामसँग सरोकार राख्ने प्रमुख विभागहरूको पनि जिम्मेवारी तोकिएको छ। बिनय शाहलाई विदेश विभागको जिम्मेवारी दिइएको छ भने राकेश राईलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।  

त्यस्तै अमित पौडेललाई युथफोर्स, अजित लामालाई साइबर सर्कल, सम्पन्न श्रेष्ठलाई खेलकुल र कृष्णदत्त जैसीलाई कार्यालय विभागको जिम्मेवारी दिएको युवा सङ्घले जनाएको छ।

सङ्घको ९औ राष्ट्रिय महाधिवेशन नेपालगन्जमा सम्पन्न भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस