आर्थिक सङ्कट समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्न योगेश भट्टराईको प्रस्ताव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आर्थिक सङ्कट समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्न योगेश भट्टराईको प्रस्ताव


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन्।

मङ्गलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । 

सांसद भट्टराईले देश चरम आर्थिक सङ्कटमा रहेको भन्दै सङ्कट समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्नुपर्ने बताए ।

उनले राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, विकासका साझेदार अन्तर्राष्ट्रिय समुदायलगायतको सहभागितामा गोलमेच सम्मेलन गरी निकासको बाटो खोज्नुपर्ने बताए।

उनले गोलमेच सम्मेलनबाट देशको आर्थिक अवस्थाको सन्दर्भमा साझा धारणा बनाउनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस