भेटियो सुनकोशीमा खसेको सरकारी गाडी र २ वटा शव  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भेटियो सुनकोशीमा खसेको सरकारी गाडी र २ वटा शव 


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का निर्देशकसहित सुनकोशी नदीमा खसेको गाडी पाँच दिनपछि फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ ।

सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जीप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

गाडीसँगै २ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) राजकुमार सिलवालले बताए । सिलवालका अनुसार सीटीईभीटीका निर्देशक कृष्ण केसी र विद्युत् प्राविधिक भानु पौडेलको शव भेटिएको हो । योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल अझै बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

त्यो गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेना, नेपाल प्रहरीलगायतले खोजिरहेका थिए । 

तर फेला पार्न नसकेपछि सुनकोशीको पानीको भंगालोलाई नै अर्कोतिर पठाएर खोजी गरिएको थियो । 

सम्बन्धित समाचार : सुनकोशीको धार परिवर्तन गरेर सिटिइभिटीका तीन कर्मचारीको खोजी गरिँदै

४ जना सवार गाडीका चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए । 

सम्बन्धित समाचार : सुनकोसीमा खसेको गाडीमा सवार थिए सीटीईभीटीका निर्देशकसहित ४ जना 

Tags :
प्रतिक्रिया दिनुहोस