सुनकोसीमा खसेको गाडीमा सवार थिए सीटीईभीटीका निर्देशकसहित ४ जना  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुनकोसीमा खसेको गाडीमा सवार थिए सीटीईभीटीका निर्देशकसहित ४ जना 


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सुनकोसी नदीमा खस्दा तीनजना बेपत्ताहरूको खोजीका लागी गोताखोरको टोली घटनास्थल तर्फ गएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवं (एसपी) राजकुमार सिलवालका अनुसार केही समय अगाडी मात्रै गोताखोरको टोली भक्तपुरबाट सिन्धुलीका लागी हिँडेको छ । 

शुक्रबार सीटीईभीटीका निर्देशकसहित ४ जना सवार गाडी दिउँसो करिब १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा खसेको थियो ।

सम्बन्धित समाचार : सरकारी गाडी सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

एसपी सिलवालले प्रशासनलाई बताए अनुसार गाडीमा सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका प्रमुख यमप्रसाद भुर्तेल र सीटीईभीटीकै विद्युत् प्रशिक्षक भानु पौडेल सवार थिए । तीनै कर्मचारीको अवस्था अज्ञात छ । ती कर्मचारीको खोजी जारी छ ।

प्रहरीका अनुसार गाडीका चालक पौडिएर खोलाबाहिर निस्किएका थिए । अहिले स्थानीय अस्पतालमा उनको उपचार भइरहेको छ ।

उनीहरू भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए । गाडी नदीमा डुबेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस