अर्थमन्त्रीको कसम खाने बानी रहेनछ भन्दै ओलीले गरे प्रकाश शरणको प्रशंसा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अर्थमन्त्रीको कसम खाने बानी रहेनछ भन्दै ओलीले गरे प्रकाश शरणको प्रशंसा


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले करका दरबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले दिएको जवाफप्रति ओलीले अर्थमन्त्री महतमाथि टिप्पणी गरेका हुन् ।

उनले भने, ‘अर्थमन्त्रीको कसम खाने बानी रहेनछ । राम्रो लाग्यो । सफाइ दिनुभयो । उहाँले भनेको कुरा नै साँचो होस्, सञ्चारमाध्यम आएका समाचार झुटो हुन् । करका दर बढ्ने वाला छ । त्यसै बेला ११ सय जति गाडी आए । त्यहीँ आइटम जसमा बढ्छ अनुमानका भरमा व्यपारीहरु जुवाडे त होइनन् ? व्यापारीहरू छक्का पन्जा भन्दै परे पर्छ नपरे पर्दैन भनेर त्यस्तो त गर्दैनन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस