२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीले रोप्यो मुख्यालयसहित देशभरका युनिटमा ११ हजारभन्दा बढी बोटबिरुवा 

अ+ अ-

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भू परिसरमा २ सय ४२ सहित देशभरका युनिटहरूमा ११ हजारभन्दा बढी बोटबिरुवा रोपिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सहभागितामा आज मुख्यालयमा भएको वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न जातका बोटबिरुवाहरू रोपिएको हो ।

मुख्यालयमा भएको वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

यसैगरी विश्व वातावरण दिवसकै अवसरमा देश भरका सशस्त्र प्रहरी बल, नेपालका हिकाइहरूमा समेत फलफूल लगायत विभिन्न जातका बोटबिरुवाहरू रोपिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी र मातहतका युनिटहरूले १ हजार ८ सय ७७ वटा, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र मातहतका युनिटहरूले १ हजार ५ सय ६० वटा, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर र मातहतका युनिटहरूले ६ सय ५९ वटा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र मातहतका युनिटहरूले ५ सय वटा, नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही र मातहतका युनिटहरूले २ हजार ९८ वटा, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र मातहतका युनिटहरूले २ सय ५३ वटा, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली र मातहतका युनिटहरूले १ हजार ७ सय ९२ वटा तथा नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं र मातहतका युनिटहरूले ७ सय १८ वटा बोटबिरुवा रोपिएको छ ।

त्यसै गरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र मातहतका युनिटहरूले १ हजार ३ सय २६ वटा, नेपाल एपीएफ अस्पतालले १६ वटा, नम्बर १९बगलामुखी विशेष कार्यदल गण हल चोक काठमाडौँले १ सय ६८ बोटबिरुवा रोपेको हो ।

प्रतिक्रिया दिनुहोस