प्रधानमन्त्रीलाई नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीलाई नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ?


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरेको छ ।

प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेश भट्टराईले नेपालको भूमि साट्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उल्लेख गरेका हुन् ।

उनले भने, ‘कालापानी लिपुलेक लिम्पियाधुरा कुनै पनि सर्तमा नेपालको भूमि विदेशीलाई दिने हक प्रधानमन्त्रीलाई दिएको छैन । उहाँले के आधारमा बङ्गलादेशको बाटोको कुरा गर्नु भयो ? एमाले लम्पसारवादका विरुद्ध उभिन्छ । विमस्टेक, सार्कको बारेमा कुरा उठाउनुहोला भन्ने ठानेका थियौँ । ईपीजीको बारेमा प्रश्न उठाउँदा परिस्थिति बिग्रिन्छ, डुबानबारे कुरा उठाउँदा, सीमाबारे प्रश्न उठाउँदा माहोल बिग्रन्छ भने के गर्दा चाहिँ सप्रिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस